☰ open Loading... 14 January 2025|  

गृहमन्त्री थापा पदमुक्त, प्रधानम्नत्रीले गरे पुनर्नियुक्तिको सिफारिस
  | ५ बैशाख २०७८, आईतवार १५:०७

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।नेकपा माओवादी केन्द्रले थापालाई पद मुक्त गर्न मागसहित चैत २७ गते दर्ता गरेको पत्रका आधारमा आजदेखि लागु हुने गरी उनको पद रिक्त भएको जानकारीसहितको सूचना संघीय संसद सचिवालयले निकालेको हो । थापा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।



थापा २०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । त्यसपछि माओवादी र एमालेबीच एकता भएर बनेको नेकपालाई सर्वोच्चको आदेशले खारेज गरेपछि थापा पुरानो पार्टी माओवादीमा नफर्की एमालेमै बसेका हुन् ।



यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका छन् ।थापाको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्ने भएका हुन् ।