☰ open Loading... 18 April 2024|  

रुपन्देहीमा कोरोनाका कारण थप एकको मृत्यु
  | ७ बैशाख २०७८, मंगलवार ०८:३६

बुटवल । रुपन्देहीमा कोरोनाका कारण थप एकको उपचारका क्रममा मृत्यु भएको छ ।चैत २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी बुटवल(१३ की ७९ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार मृत्यु भएको हो । उनमा ज्वरो,निमोनिया र श्वासप्रश्वासको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए।




यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए  यसैबीच सोमबार रुपन्देहीमा ४७ जना नयां संक्रमित थपिएका छन् । यससँगै रुपन्देहीमा संक्रमितको संख्या ९ हजार ५५९ पुगेको छ भने ३ सय ८५ जना उपचारमा छन्।