☰ open Loading... 17 September 2024|  

नेपालगन्जमा एक सातासम्म लकडाउन हुने
  | ७ बैशाख २०७८, मंगलवार १९:१०

बाँके- बाँकेमा कोरोना भाइरस संक्रमण तिव्ररुपमा फैलिँदै गएपछि सर्वदलीय र जिल्ला कोभिड प्रकोप न्यूनीकरण समितिको संयुक्त बैठकले बन्दाबन्दी ९लकडाउन० गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । सोमबार बसेको उक्त बैठकले ९ गतदेखि एक सातासम्मका लागि लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो ।

जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि लकडाउन गर्न सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार एकसातासम्म पनि संक्रमण नघटे लकडाउनको अवधि बढाउन सकिने छ । हाल बाँकेमा आठ सय ६६ जना कोरोना भाइरसका सक्रिय बिरामी छन् । दोस्रो चरणको भाइरस बाँकेमा तिव्ररुपले बढ्दै गएको छ ।

यस्तो संकटमा नागरिक आफैँ पनि व्यक्ति–व्यक्तिबीच कम्तिमा दुई मिटर टाढा बस्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तिमा २० सेकेण्डसम्म हात धुने र घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउँदा पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ।