☰ open Loading... 20 April 2024|  

चट्याङ लागेर दुई जना घाइते
  | १८ बैशाख २०७८, शनिबार १२:०५

 

 

दैलेख -दैलेखमा पानी, हावाहुरीसँगै परेको चट्याङ लाग्दा दुईजना घाइते भएका छन्।नारायण नगरपालिका६ काँडाचौर नजिकै चट्याङ परेर दम्पति घाइते भएका हुन । नेकपा एमाले जिल्ला कमिटी सदस्य ४८ बर्षीय यामनारायण उपाध्याय र उनकी श्रीमती ४५ बर्षीया बसन्ता उपाध्याय घाइते भएका हुन ।

आज विहान नारायण नगरपालिका–६, काँडाचौरस्थित आफ्नै घरको आँगनमा बसिरहेका बेला चट्याङले लागेर यामनारायण र बसन्ता घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।उनिहरुको दैलेख अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका डा जगत थापाले बताए ।