☰ open Loading... 18 May 2021|   मङ्लबार, जेष्ठ ४, २०७८

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन
  |

 

सुर्खेत -कोरोना संक्रिमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै एम्बुलेन्स सेवाका साथसाथै ५० बेडको अक्सिजन सहितको आइसोलेसन अस्पताल संचालन गर्ने निर्णय गरेको हो।

आइतबार प्रदेश अस्पताल कालागाउँमा कार्यरत बाल रोग विशेषज्ञ तथा कोरोना फोकलपर्सन डा।नवराज केसी र डक्टर प्रदीप न्यौपानेसँग नगरपालिकाले एम्बुलेन्स सञ्चालनको लागि छलफल भएको नगर उप- प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।



प्रकाशित मितिः आइतवार, बैशाख १९, २०७८     3:23:36 PM