☰ open Loading... 18 May 2021|   मङ्लबार, जेष्ठ ४, २०७८

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ
  |

काठमाडौँ — गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण राष्ट्रपति विद्यादेवी भण्डारीले गराएकी हुन् ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका लागि नवनियुक्त प्रमुखहरूले सोमबार राष्ट्रपतिको कार्यालय शितल निवासमा शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए ।

 

पौडेल र यादवले संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएका भट्टराईले विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त सिफारिस गरेको थियो । उक्त सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले दुवैलाई पदमुक्त गरेकी थिइन् ।



प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८     8:01:25 PM