☰ open Loading... 21 June 2021|   सोमवार, असार ७, २०७८

कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु
  |

काठमाडौं – नेपालमा कोरोना कारण एकै दिन ५५ जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा ५५ जनाको मृत्यु भएको र हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार चार सय १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै नेपालमा थप सात हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणका क्रममा सात हजार पाँच सय ८७ र ५७१ एन्टीजेन परीक्षणका क्रममा ७३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म तीन लाख ५१ हजार ५ जनामा कोरोना पुष्टि भएको छ ।



प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८     6:00:44 PM