☰ open Loading... 21 June 2021|   सोमवार, असार ७, २०७८

दुई मन्त्रीले दिए राजीनामा
  |

सुर्खेत -कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन्।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा राजनीनामा दिएको मन्त्री केसीले जानकारी दिइन्।दुवै जना माओवादी केन्द्रबाट मन्त्री भएका हुन् ।

पार्टीको निर्णय अनुसार राजीनामा दिएको मन्त्री केसीले बताइन् । केसीका अनुसार अहिले नयाँ मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।



प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८     3:19:51 PM