☰ open Loading... 19 April 2024|  

सल्यानमा कोरोना कारण एक जनाको मृत्यु
  | २९ बैशाख २०७८, बुधबार १९:२८

सल्यान- सल्यानमा उपचारका लागि अस्पताल ल्याउँदै गर्दा एक जनाको बाटोमै मृत्यु भएको छ।कपुरकोट गाउँपालिका ६ का ६४ वर्षीय पुरुषको मंगलबार राति करिब ८ बजेतिर गाउँपालिकामा रहेको कोभिड(१९) अस्थायी अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको गाउँपालिको जनाएको छ।

मृतक दम र मधुमेहका बिरामी थिए। कपुरकोट गाउँपालिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने जिल्लामा १७ पुगेको छ।