☰ open Loading... 19 March 2025|  

कोरोना संक्रमणका कारण दैलेखमा एक जनाको मृत्यु
  | ३० बैशाख २०७८, बिहीबार ०७:२३

 

लोकेन्द्र जिसी( कुमार )दैलेख कोरोना संक्रमणका कारण दैलेखमा थप एक जनाको मृत्यु भएको छ । बुधवार साँझ ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ३२ बर्षीया युवकको मृत्यु र्भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि परिवारको सहयोगमा उनलाई बुधवार विहान ठाँटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पु¥याईएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ठाँटीकाँध स्वास्थ्य केन्द्रले रिफर गरेपछि दैलेख अस्पतालको आइसोलेसनमा पु¥याएको थियो । यो सँगै दैलेख जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।