☰ open Loading... 15 July 2025|  

छाेराले बञ्चरो प्रहार गर्दा बुबाको हत्या
  | ३१ बैशाख २०७८, शुक्रबार १७:५९

 

 

यामराज बिष्ट दैलेख – आफ्नै बुबालाई हत्या गरेको आरोपमा प्रहरीले एक युबकलाई पक्राउ गरेको छ । डुंगेश्वर गाउँपालिका–६ डुंगेश्वर बजारका २१ वर्षीय विकास बुढाले ४७ वर्षका आफ्ना बुबा नकुल बुढाको हत्या गरेको आरोपमा  प्रहरीले पक्राउ गरेको हो।

‘आमालाई ढुंगाले हानेको चोटले रगत बगेको देखेपछि आक्रोसमा बञ्चरो प्रहार गर्दा बुबा घाइते भएका थिए। बन्चरो प्रहारबाट गम्भिर घाइते भएका नहकुलको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए  ।शुक्रबार बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका बुढालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।