☰ open Loading... 20 April 2024|  

  | २ जेष्ठ २०७८, आईतवार १८:४१

दैलेख-स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक रविन खड्काले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सेवा विभागबाट अक्सिजन कन्टे«टर मेशिन २ वटा, पल अक्समिटर २  वटा, मास्क ५० पिस, ५० पिपिस सेट, २५ वटा फेस सिल्ड स्वास्थ्य सेवा विभाग पठाईएको हो । त्यस्तै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले अक्सिजन कन्टे«टर मेशिन २ वटा, कम्मल २४ वटा,  २५ माक्स, १ हजार सर्जिकल माक्स, डेथ बडी व्याग १० वटा, निगोलाईजर मेशन ५ वटा स्वास्थ्य सेवा कार्यालय दैलेखलाई दिएको हो ।

काठामाडौंबाट ओमप्रकाश उपाध्याय, मिना थापा, ओम रिजाल र नन्दकिशोर बस्नेतको अगुवाईमा आईतबार १५ थान ठुलो अक्सिजन सिलिन्डरको ग्यास आउँदैछ । यस अघि बस्नेतले १५ थान अक्सिजन सिलिन्डर ग्यास दैलेखमा व्यक्तिगत पहलमा ल्याएका थिए । धेरै स्वास्थ्य सामाग्री तथा औषधिहरु जिल्लामा अपुग रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले बताए । उपलब्ध भएको स्वास्थ्य सामग्रीले जिल्लामा कोभिडका बिरामीहरुलाई ठूलोराहत हुने उनले बताए ।