☰ open Loading... 10 July 2025|  

सशस्त्र प्रहरीको गोली लागेर एक युवक घाइते
  | ५ जेष्ठ २०७८, बुधबार ११:२६

 

 

 

बुटवल । सशस्त्र प्रहरीले चलाएको गोली लागेर नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा एक युवक गम्भीर घाइते भएका छन् ।प्रहरीको गोली लागेर नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् ।बुधबार बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।