☰ open Loading... 19 April 2024|  

ओली पक्षमै रहे योगेश भट्टराई
  | ७ जेष्ठ २०७८, शुक्रबार २१:५३

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद योगेश कुमार भट्टराईले अन्ततः माधव कुमार नेपालको साथ छोडेका छन् । लामो समयदेखि नेता नेपालको पक्षमा रहँदै आएका नेता भट्टराईले आज नेता नेपालले चालेको कदमलाई साथ दिएनन् ।

नेपालसहित उनी पक्षधर २६ जना सांसदहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेका थिए । यसमा सांसद भट्टराईले भने हस्ताक्षर गरेनन् । यसअघि नेपाल पक्षमा २८ जना सांसद उभिएका थिए । उनीहरु बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने दिन संसद् बैठकमा अनुपस्थित् भएका थिए ।

 

तर, प्रधानमन्त्री ओली धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भए । हिजोमात्रै प्रधानमन्त्रीको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म धारा ७६ को ५ अनुसार सरकार गठनको लागि आह्वान गरेकी थिईन् । सोहीअनुसार कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षक १४९ सांसदहरुको हस्ताक्षरसहित उनीहरु शितलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीमा ओली र देउवाको मात्रै दाबी प्रस्तुत भएको छ ।

 

यता, नेपालको साथ छोडेको कुरा नेता भट्टराईले सामाजिक सञ्जालमार्फत संकेत गरेका छन् । उनले आफूले एमालेको एकताको लागि नै आज देउवाको पक्षमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन् ।

र, आफ्नो राजनीति जीवनमा आजको दिन सबैभन्दा कठोर भएको भन्दै आफू ईतिहासको मूल्यांकनमा खडा भएको पनि उनको भनाई । यसअघि पहिलोपटक मन्त्री बन्दा योगेश संसदीय समितिको बैठकमा नेता नेपालबाट बधाई लिँदै गर्दा भावुक बनेका थिए । र, खुशीको आँशु झारेका थिए । उनी नेपालकै कोटाबाट मन्त्री बनेका थिए ।