☰ open Loading... 20 April 2024|  

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
  | ९ जेष्ठ २०७८, आईतवार १९:४९

 

 

 

 

सल्यान : कोरोना भाइरसको सक्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका छन्।

 

 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार छत्रेश्वरी गाउँपालिका ६ का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका ६ का ५८ वर्षीय पुरुष छन्।

तीनैजनाको आइतबार बिहान सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए।