☰ open Loading... 26 January 2025|  

लकडाउनले किसानलाई छोएन
  | १५ जेष्ठ २०७८, शनिबार ११:५७

 

सल्यान — कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण अधिकांश क्षेत्र ठप्पजस्तै हुँदा किसानलाई बाली लगाउने चटारो छ ।सल्यानमा ग्रामीण क्षेत्रका किसान स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएरै खेतीको काममा जुटेका छन् ।सदरमुकाम र व्यापारिक केन्द्रमा निषेधाज्ञा पालना गरिए पनि गाउँमा यसको कुनै प्रभाव छैन ।

दुई सातादेखि दैनिकजसो वर्षा हुन थालेपछि किसानलाई बाली लगाउने व्यस्तताले छोएको हो ।अधिकांश गाउँमा धानको ब्याड राख्ने काम सुरु भएको बाग्चौरका कमल शर्माले बताए ।

‘स्वास्थ्य मापदण्ड पालना नगरी सामूहिक रूपमा काम गर्दा कोरोना संक्रमण फैलने खतरा छ,’ उनले भने, ‘स्थानीय तहले ध्यान नदिँदा गाउँमा कोरोना संक्रमण फैलने देखियो ।’ स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे गाउँमा कोरोना संक्रमण फैलन नपाउने उनको भनाइ छ ।