☰ open Loading... 29 March 2024|  

सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै
  | १५ जेष्ठ २०७८, शनिबार १२:१२

काठमाडौं – सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा विघटन भएको अहिलेको अवस्थामा आज अध्यादेशमार्फत बजेट ल्याइँदैछ ।

 

सिंहदरबारमा आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री केपी ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रम अनुसार सरकार चुनावलाई लक्षित गरि वजेट ल्यान लागेको संकेत पाइन्छ ।

 

यसका साथै कोरोना सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट आउने अर्थमन्त्रालयले जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार आज वजेट सार्वजनिक हुन लागेको हो ।

 

कोरोना सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ ।

 

प्रतिनिधिसभा नभएको अवस्थामा सरकार कामचलाउ भएको भन्दै पूर्ण वजेट ल्याउन नहुने बताइरहेका बेलामा सरकारले भने पूर्ण वजेट त्यो पनि चुनावलाई लक्षित गरि महत्वकांक्षी कार्यक्रम समेटेर वजेट सार्वजानिक गर्न लागेको हो ।