☰ open Loading... 20 April 2024|  

नेपालमा थपिए ४ हजार ७६२ जना कोरोना संक्रमण
  | १७ जेष्ठ २०७८, सोमबार १९:४४

काठमाडौं- नेपालमा सोमबार थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १५ हजार ५५ वटा पीसीआर परीक्षणका क्रममा ४ हजार १ सय ७८ र दुई हजार चार सय २५ एन्टीजेन परीक्षणका क्रममा ५८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या ५ लाख ६१ हजार तीन सय दुई पुगेको छ ।

 

त्यस्तै कोरोनाका कारण थप ११४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा सात हजार तीन सय ८६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार चार सय ९१ जना कोरोनामुक्त भएका छन् ।

 

नेपालमा हालसम्म चार लाख ४७ हजार ४४६ जना संक्रमित निको भएका छन् । हाल १ लाख ६ हजार चार सय ७० सक्रिय संक्रमित आइशोलेशन र ६८९ जना क्वारेन्टिनमा छन् ।त्यस्तै हालसम्म ३० लाख ५७ हजार चार सय २४ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।