☰ open Loading... 19 April 2024|  

कर्णालीमा कोरोनाका कारण थप ६ जनाको मृत्यु
  | २० जेष्ठ २०७८, बिहीबार २१:०७

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना कारण थप ६ जनाको मृत्यु भएको छ । यो सँगै कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा। रविन खड्काले जानकारी दिए ।

मृतकमध्ये सुर्खेतका चारजना, रुकुम पश्चिम र हुम्लाका एकरएकजना रहेका छन् ।पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर २९४ जनाको पीसीआर परीक्षण गर्दा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५८० जनाको एन्टिजेन परीक्षणमा १४५ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ५३० जना संक्रमित निको भएका छन् । योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५५२ पुगेको छ ।