☰ open Loading... 21 June 2021|   सोमवार, असार ७, २०७८

चाइनिज ताइपेईमाथि नेपालको शानदार जित
  |

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोटमा नेपालले चिनियाँ ताइपेईमाथि सजह जित निकालेको छ । गएराति भएको खेलमा नेपालले ताइपेईलाई २–० गोल अन्तरले पराजित गरेको हो ।कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई सहज जित दिलाउनको लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठ समान एक एक गोल गरे ।

खेलको चौथो मिनेटमा अञ्जानले पोनालटीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । चेङ हाउले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले सुमन अर्यालले सटिक क्रसमा गोल गरेका थिए । नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल नेपालले जित्यो ।



प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     6:30:18 AM