☰ open Loading... 21 June 2021|   सोमवार, असार ७, २०७८

देशभर थपिए ३ हजार ४४९ जना कोरोना संक्रमण
  |

काठमाडौँ — पछिल्यो २४ घण्टा यता देशभर ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना पुष्टि भएको हो ।यसैगरी, ४ हजार ५६६ एन्टिजेन परीक्षणमा ८९५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९८ हजार ८१३ पुगेको छ । सक्रिय संक्रमित ८० हजार ३३६ रहेका छन् ।


यस्तै २४ घण्टामा ५ हजार ७६८ कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या भने ५ लाख १० हजार २९८ रहेको छ ।थप ८१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको छ । पीसीआर परीक्षण ३१ लाख ७९ हजार २०३ पुगेको छ । क्वारेन्टाइनमा ६३४ जना रहेका छन् ।



प्रकाशित मितिः बुधबार, जेष्ठ २६, २०७८     9:06:38 PM