☰ open Loading... 16 February 2025|  

अस्पताललाई अक्सिजन फ्लोमिटर सहयोग
  | २३ जेष्ठ २०७८, आईतवार २०:१९

 

दैलेख- रोजगारीको सिलसिलामामा अमेरिकाको भर्जिनियामा बस्दै आएकी समाजसेवी जयन्ती कुमारी थापाको सहयोगमा स्वास्थ्य सेवा कार्यालय दैलेखलाई अक्सिजन फ्लोमिटर हस्तान्तरण गरिएको छ । दैलेखको नारायण नगरपालिका–२ जन्मघर भईअमेरिकाको भर्जिनियामा बस्दै आएकी समाजसेवी जयन्ती कुमारी थापाको सहयोगमा स्वास्थ्य सेवा कार्यालय दैलेखलाई६थान अक्सिजन फ्लोमिटर प्रदान गरिएको हो ।

 

अक्सिजन फ्लोमिटर शिक्षक तथा कलाकार लोकेन्द्र जिसी कुमारले स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका छन् ।शिक्षक तथा कलाकार जिसिले सङ्कटका घडीमा मानवीय सहयोगका लागि अग्रसरता देखाएकोमा जयन्ती कुमारी थापाको सहयोग प्रति कृतज्ञता प्रकट गर्दै सबैको सहयोग र सहकार्यबाट मात्रै महामारीबाट हुने सम्भावित जोखिमलाई न्युनीकरण गर्न सकिने विश्वास व्यक्त गरे ।

कोरोना विरुद्धको यस लडाईमा आम जनतालाई ब्यक्तिगत  रुपमा सामाजिक सहयोग गर्ने उद्देश्यका साथ तीव्र संक्रमण फैलिरहेकोबेला संक्रमितले अकालमै ज्यान नगुमाओस भन्दै अक्सिजन फ्लोमिटर सहयोग गरेको समाजसेवि जयन्ती कुमारी थापा बताईन् ।