☰ open Loading... 18 January 2025|  

जिप दुर्घटना हुँदा ७ जना घाइते
  | २५ जेष्ठ २०७८, मंगलवार ०५:१७

 

सल्यान — जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । नेपालगन्जबाट शव बोकेर सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१० थापाचौर आउँदै गरेको भे १ च ३६६९ नम्बरको जिप सोमबार बिहान ४ बजेतिर आगरनेटामा दुर्घटनाग्रस्त भएको हो ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा चालक बन्गाड कुपिण्डे नगरपालिका ८ बाबियाचौरका वर्ष २६ का बलबहादुर कुँवर, वर्ष ४० का होमबहादुर गिरी, बन्गाड कुपिण्डे नगरपालिका १० थापाचौरका वर्ष २१ का आइतुलाल थापा, वर्ष ३२ का खोकलाल थापा, वर्ष २६ की हुर्मती थापा, वर्ष २० का केशव थापा र वर्ष ४५ का टोपबहादुर घर्ती छन् ।

गम्भीर घाइते भएका जिप चालक बलबहादुर कुँवर, हुर्मती थापा र आइतुलाल थापालाई उपचारका लागि नेपालगन्ज लगिएको र अन्यको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।