☰ open Loading... 21 June 2021|   सोमवार, असार ७, २०७८

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
  |

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा घटेको छ ।आइतवार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० रूपैयाँले घटेको छ।

छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ रहेको छ ।चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८     5:30:04 AM