☰ open Loading... 16 April 2024|  

प्रहरी र स्थानीयबीच झडप
  | २५ जेष्ठ २०७८, मंगलवार ०५:३३

रौतहट- रौतहटको गरुडा बजारमा निषेधाज्ञाको पालना गराउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् ।

 

गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ । रौतहटमा कोरोना जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गत बैशाष २१ गतेबाट निषेधाज्ञा जारी राखिएको छ ।