☰ open Loading... 19 April 2024|  

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
  | २६ जेष्ठ २०७८, बुधबार १०:५८

चितवन । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।चितवनको उपरदाङ्ग गढीबाट शक्तिखोर आउँदै गरेको मोटरसाइकल सडकबाट ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी बसेकी हस्तमाया मगरको घटनास्थलमै मृत्यु भएको हो ।मोटरसाइकल चालक फत्तेबहादुर मगरको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।