☰ open Loading... 25 April 2024|  

कारोना कारण बाँकेमा ३ जनाको मृत्यु
  | २६ जेष्ठ २०७८, बुधबार ११:०३

बाँके- बाँकेमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा यता ३ जनाको मृत्यु भएको छ ।कोहलपुर नगरपालिका ६ की ४० वर्षीय महिलाको मंगलबार साँझ ५ बजेर २० मिनेटमा र बर्दियाको राजापुर नगरपालिका(७ की ८० वर्षीय महिलाको बुधबार बिहान ४ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।

यस्तै, प्युठानको प्युठान नगरपालिका(६ का ७२ वर्षीय पुरुषको मंगलबार साँझ साढे ६ बजे उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट आएका मृतकको संख्या ३२४ पुगेको छ ।