☰ open Loading... 15 June 2024|  

बाढीले बगाउँदा एक जना बेपत्ता
  | २८ जेष्ठ २०७८, शुक्रबार १४:५१

दैलेख -लागतार परेको वर्षासँगै आएको बाढीले बगाउँदादैलेखमामा एक युवक बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको हो । सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको सँगै रहेका उनका भाइ गणेश थापाले जानकारी दिए ।

स्थानीय योजनामा कार्यरत मजदुर र गाउँलेले उनको शव खोजी गरिरहेका छन् । घटना बिहान ११ बजे घटेलगत्तै खोजीकार्य जारी राखेको र उक्त खोला मिसिएको अर्को खोला छामघाटमा समेतमा बिहानदेखि बगरैबगर हिँड्दा पनि कुनै अत्तोपत्तो नलागेको गणेश थापाले जनाकारी दिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना घटेको खबरपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी घटनास्थलमा खटाइएको बताए ।प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी राखेको दैलेखका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।