![कोभिडविरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार 1 कोभिडविरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार](https://i0.wp.com/fra1.digitaloceanspaces.com/appharuspace/imagekhabar/uploads/2020/10/gajaa.jpg?resize=740%2C463&ssl=1)
एजेन्सी । अमेरिकामा कोभिड–१९ विरुद्धको खोप लगाउने नागरिकले एक खिल्ली गाँजा उपहार पाउने भएका छन् ।
अमेरिकाको वासिङ्टन राज्यले २१ वर्ष माथिका नागरिकले खोप लगाएमा तत्कालै एक खिल्ली गाँजा उपहार दिने घोषणा गरेको हो । ‘जोइन्ट्स फर ज्याब्स’ नाम दिइएको उक्त कार्यक्रम जुलाइ १२ सम्म लागु हुनेछ ।
युवाहरूमा खोप लगाउन प्रेरणा दिलाउन यो कार्यक्रमले सहयोग पुगे आशा त्यहाँको सरकारको छ ।
अमेरिकामा मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको बजेटबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ भने यस्ता विभिन्न उपहार योजना यसअघि अन्य राज्यले पनि ल्याइसकेका छन् ।
वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत नागरिकले मात्र कोरोना पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन् । अमेरिकामा मध्य अप्रिलदेखि कोरोना खोप लगाउने क्रम ओह्रालो लागेको बताइएको छ ।
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/13-scaled.jpg?resize=740%2C415&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/19.jpg?resize=740%2C376&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/23-scaled.jpg?resize=740%2C662&ssl=1)