☰ open Loading... 21 June 2021|   सोमवार, असार ७, २०७८

फौजी किराको प्रकोप
  |

जाजरकोट -फौजी किराले मकै खेती नष्ट गर्न थालेपछि जाजरकोटका किसानहरु चिन्तित बनेका छन । खेती नष्ट भएपछि यसवर्ष पनि किसान चिन्तित भएका हुन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता बढेको छ । कोरोनाको संक्रमण बढि रहेका बेला भेरी नगरपालिका २ तिमेलेका लगायत केही ठाउँमा फौजी किरा देखा परेको छ । कोरोनाका कारण बजारमा गएर औषधी किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधी प्रयोग गर्दा रोग र किरा नियन्त्रणमा आउन नसकेको किसानले गुनासो गरेका छन् । भर्खरै उम्रिएका मकैमा किराको प्रकोप झन बढी देखिएको छ । कृषकहरुले केही मात्रामा संकलन गरेका किराहरु र खेतवारीको अवलोकन गर्दा यी र यस्ता लक्षण भएका किराहरुले यो समयमा व्यापक रुपमा मकैवालीलाई नोक्सान पार्ने कृषि प्राविधिकहरु भनाई छ ।



प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८     5:39:24 AM