☰ open Loading... 19 April 2024|  

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार(को–को बने मन्त्री)
  | २७ जेष्ठ २०७८, बिहीबार २०:२१

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरि मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषदको गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा गरेका छन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती हुन् ।

 

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्री तथा पशुपन्छीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी मन्त्री बनेका छन् । राजकिशोर यादव जसपाको महन्थ ठाकुर पक्षका नेता हुन् । बाँकी सवै एमालेका नेताहरु हुन् । रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन् ।

 

त्यस्तै, मोहन बाँनियालाई प्रधानमन्त्री कार्यालय रहने मन्त्री नियुक्त गरेका छन् भने वन तथा वातावरण राज्यमन्त्रीमा आशा विक चयन गरेका छन् । मन्त्रीहरुको आजै साँझ शपथ राखिएको छ । २०७८ वैशाख ३१ गते संसदको ठूलो दलको नेताको हैसियतले ओली अल्पमतको प्रधानमन्त्री बनेका थिए ।

 

तर, संसदमा बहुमत पुर्‍याउन नसक्ने भन्दै मार्ग प्रश्स्त गरेका ओलीले संसद विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गरेको यो दोस्रोपटक हो । विपक्षी पार्टीहरुले कामचलाउ सरकारको विस्तारलाई असंवैधानिक भन्दै आएका छन् ।

 

संसद् पुनस्थापनाका लागि विपक्षी गठबन्धनका सांसदहरुले दायर गरेको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई चलिरहेको छ । यससँग अब क्याबिनेटमा संविधानले तोकेको अधिकतम मन्त्रीको संख्या पूरा भएको छ । संविधानमा बढीमा २५ जना मन्त्री बन्न सक्ने उल्लेख छ ।