☰ open Loading... 20 January 2025|  

सांसद बानियाँलाई बिनाविभागीय मन्त्री उपहार
  | २८ जेष्ठ २०७८, शुक्रबार ०६:०१

सुर्खेत – कर्णाली प्रदेशको मुगु जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मोहन बानियाँ विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा कर्णालीबाट मन्त्रीमा बानियाँ नियुक्त भएका हुन्। १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिने क्रममा बिहीबार बानियाँ पनि मन्त्री बनेका हुन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुका सांसद मोहन बानियाँलाई विनाविभागीय मन्त्री बनाएका हुन्। २०७० सालको दोस्रो संविधानसभा सभासदसमेत रहेका बानियाँ २०७४ सालको चुनावमा समानुपातिक सांसदका रुपमा प्रतिनिधिसभामा आएका हुन्।