☰ open Loading... 26 March 2023|   सोमवार, चैत्र १३, २०७९

सहुलियतको चामल लिन घुइँचो
  |

 यामराज बिष्ट दैलेख – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियतको चामल दिएपछी स्थानीय खुशि भएका छन् ।यसअघि चाडपर्वका बेला मात्र छुट दिदैआएको खाद्य संस्थानले सरकारले निषेधाज्ञा अवधिभर चामलमा २० प्रतिशत छुटले दिने भएपछि चामल लिनेको घुइँचो लागेको हो ।कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर चामल बिक्री गर्न थालेको छ। खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको स्थानिले बताए ।

 

सहुलियतको चामल लिन दैलेख सदरमुकाम नारायण नगरपालिका,नौमुले गाँउपालिका,भगवतीमाई गाँउपालिका,दुल्लु नगरपालिका ,भैरवीगाँउपालिका महाबुगाँउपालिका बाट आउन थालेका छन्। बिहीबार सम्म दैलेखमा ९८.२० क्विन्टल चामल विक्री भएको खाद्य ब्यस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेख शाखा प्रमुख रण बहादुर ऐरीले पश्चिम नेपाललाई बताए। कोरोना महामारीको बेला नागरिकलाई छुटले विशेष राहत मिलेको छ।कार्यालय प्रमुख ऐरीले भने, निषेधाज्ञामा‘काम गर्न नपाएर मर्कामा परेका नागरिकले पछिल्लो समयमा धमाधम सहुलियतको चामल लिइरहेका छन् ।

सोमवार, बुधबार ,बिहीबार बिहान १० बजेदेखि ३ बजे सम्म मात्र चामल बिक्री गर्न थालिएको छ । खाद्य संस्थानले प्रति परिवार एक जनालाई सम्बन्धीत व्यक्तिको नागरिकताको आधारमा २५ किलो चामल दिने गरेको छ। कम्पनीले २० प्रतिशत छुट हुनुअघि २५ किलोको स्र्टीम जिरा मसिनो चामल प्रतिबोरा १ हजार ६ सय ५० रुपैयाँमा बिक्री गरिरहेको थियो । अहिले१हजार३ सय २० रुपैयाँमा चामल बिक्री भइरहेको छ । त्यस्तै१ हजार ४ सय७० पर्ने मध्यम चामल १ हजार १सय, ७६रुपैयाँमा बिक्री भइरहेको छ भने अरुवा मकवानपुर चामम यसअघि १ हजार ४ सय १० मा बिक्री हुने मकावनपुर चामल १ हजार १ सय २८ रुपैयाँमा बिक्री भइरहेको छ ।

!-- .entry-content --> प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८     9:06:48 AM