☰ open Loading... 19 April 2024|  

मकै बालीमा गबारो किराको प्रकोप
  | २९ जेष्ठ २०७८, शनिबार ०७:३४

सल्यान- सल्यानमा किसानले लगाएका मकै बालीमा गबारो र फेद कटुवा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका छन्। मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका हुन्। दुईपटक गोडिसकेको मकै किराले काटेर सखाप बनाएको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बताए। दुईपटक विषादी हाल्दा पनि कम नगरेको उनको भनाइ छ। रातको समयमा मकैको फेदमा आएका किरालाई मार्ने गरे पनि ५÷६ रोपनीमा किरा मार्न सम्भव नभएको रेउलेले बताए।

सिद्ध कुमाख गाउँपालिका–१ मेलबोटका देवी बुढाथोकीले किराले मकै सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रोपटक रोपेको बताए। वडा नम्बर १ का १०० भन्दा बढी किसानले लगाएका मकैमा किराको प्रकोप देखिएको किसानहरुको भनाइ छ। फेद कटुवा, गबारो र फौजी किरा पुतली समूहमा पर्ने भएकाले सुरुमै विषादी प्रयोग गर्न सके नियन्त्रणमा आउने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आर्चायले बताए।