☰ open Loading... 18 April 2024|  

महङ्गीको मारले सर्वसाधारण मारमा, प्रशासनको अनुगमन झारो टार्ने काम
  | ९ असार २०७८, बुधबार ०८:३३

दैलेख । कोरोना भाइरसको महामारीले टाट जस्तै पल्टिसकेका निम्न वर्गीय परिवार महङ्गीको मारले पिरोलिएका छन् । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरु सबैभन्दा मारमा परेका छन् ।बजारमा खाद्यान्न देखि तरकारीको भाउ चुलिएको छ । निषेधाज्ञाको कारण नागरिकहरु घरमै बस्न बाध्य भएको समयमा दैलेखमा महङ्गी ह्वात्तै बढेर नागरिक मारमा परेका हुन।निषेधाज्ञाको कार्यान्वयन भए नभएको हेर्ने जिम्मेवारी पाएको स्थानिय प्रशासनले निषेधाज्ञाको प्रभावकारी अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाको संयोजकत्वमा अनुगमन टोली बनाई जिल्लाका सबै स्थानिय तहहरूमा अनुगमनलाई तिब्रता दिएपनि बजारमा कृत्रिम अभावको सृजना गरी मूल्य बृद्धि भएको नियन्त्रण गर्न असफल भएको छ ।

प्रशासनले गरेको अनुगमनका बारेमा टिप्पणी गर्दै नेपाल पत्रकार महासघ दैलेखका पुर्व अध्यक्ष पुष्कर थापा आफ्नो सामाजिक सन्जालमा लेखेका छन–“अनुगमन गर्नु सर्हानिय कार्य हो, तर दैनिक उपभोग्य बस्तुको मुल्यको पनि अनुगमनमा बढि चासो दिए हुने, चौध सय पर्ने खानेतेल तिन हजार पुगेको छ। बाँकि सबैको मूल्य उल्लेख नगरौ लकडाउन हो भनौ भने नियमित दैनिक उपभोग्य बस्तु ढ्वानि गर्न भनी प्रशाशनबाटै पास लिएको पनि लगत त्यहि होला उल्टो ती बस्तु ल्याउने भनी पास लिएका सवारी साधनबाट मदिरा बरामत गरेको प्रहरी आफ्नो सक्रियता जनाएको भनी प्रशंसा सामाजिक सन्जाल मार्फत गरेको उत्तिकै देखिन्छ र म्याद गुज्रेको मिति हेरे जस्तै मुल्यलाई पनि नजिकबाट हेरे सुनमा सुगन्ध हुन्थ्यो’’ उनी दुखेको पोख्छन् ।

यता डुङ्गेश्वर गाउपालिकाका युवा नेता राजु थापा पनि सामाजिक सन्जालमा आफ्नो दुखेसो पोख्छन, “गाडी भाडा अनुगमन हुदैन कि के हो रु तेस्तै नारायण नगरपालिका वाड न :६ का युवा गोबिन्दराज रेग्मी पनि सामाजिक सन्जाल मार्फत अनुगमनका बारेमा आफ्नो आक्रोस यसरी ब्यक्त गर्छन् , “नाटक यसरी गरेको अनुगमनको काम छैन सिधै जनताबाट गुनासो लागि सिधै ब्यापारिलाई कार्वाही गर्नुपर्छ अनि मात्र अलि उपभोक्ताले राहत पाउँछन् ।

निषेधाज्ञाको समयमा स्थानिय प्रशाशनले जिल्ला बाहिर भएका नागरिहरुले जिल्ला आउँन चाहेमा दैलेखबाट चल्ने बिभिन्न समितिका सार्वजनिक सवारी साधनहरूमा पासको ब्यबस्था गरेसङ्गै दैलेख नारायण नगरपालिका वाड न १ स्थायी घर भएका सवारी धनी गोपाल केसी आफ्नो सामाजिक सन्जालमा “दैलेख प्रशाशनले स्थानिय नौ वटा गाडिहरूलाई पासको ब्यबस्था गरेको छ कोरोनामा प्रशाशनले पास दिएका गाडिहरूलाई लाग्दैन र लाग्दैन भने हामिलाई पनि चाहियो पास भन्दै आक्रोस पोख्छन, उनी थप्छन् आफ्नो ब्यबसाय गरी खान पनि
ठाँउमा मान्छे पावर र पैसा चाहिने रहेछ’’ ।

यस्तै दैनिक उपभोग्यका मालसामानहरूमा खासै मूल्य बृद्धि नभएको र सुर्तिजन्य पदार्थको हकमा बिक्रि बितरणमा चर्को मूल्य बृद्दि भएको आफुहरूले खबर पाए पनि अनुगमनको क्रममा तेस्तो नभेटिएको देवकोटा बताउछन् । जिल्लाका सबै स्थानिय तहहरूमा अनुगमन संयोजकको टोलि सहितले जिल्लाका विभिन्न ११ वटै स्थानिय तहहरूमा प्रभावकारीअनुगमन गरिएको देवकोटाले बताए ।