☰ open Loading... 10 December 2023|  

राउटे समुदाय १० बर्ष पछि सल्यान फर्किए
  | ९ असार २०७८, बुधबार २०:४४

सल्यान -जंगलमा घुमन्ते जिवन विताउदै आएका राउटे समुदाय करिब १० बर्षपछि सल्यान फर्किएका छन् ।। विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे १० वर्षपछि पुनः सल्यान फर्किएका हुन्।सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदाय मंगलबार कालीमाटी गाउँपालिका ५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका हुन्। नेपालमा अन्तिम घुमन्ते जातिमध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलमाहरुमा बसोबास गर्दै आइरहेका छन्।

लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र रहेका छन्। कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरु अन्य गाउँबस्तीका मानिसहरुसँग बस्तु विनिमय गरेर आफ्नो लागि अन्नको जोहो गर्ने गर्दछन्।यिनीहरू सल्यान तथा आसपासका सुर्खेत, दाङ्ग, जाजरकोट र दैलेख जिल्लामा जंगली क्षेत्रमा बस्ने गर्दछन् ।