| २५ असार २०७८, शुक्रबार ०५:३९
पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा चुनढुंगा लोड गरेको टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा पूर्वखाला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो।टिप्पुर दुर्घटनामा घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।