☰ open Loading... 20 January 2025|  

कर्णालीमा असारे विकास तीव्र, २५ दिनमा सात अर्ब सकियो
  | ३० असार २०७८, बुधबार ०५:४०

 

कर्णाली- आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशमा असारे विकासले तीव्रता पाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नौ अर्ब मात्र खर्च गरेको प्रदेश सरकारले पछिल्लो २५ दिनमा सात अर्ब रुपैयाँ बढी खर्च गरेको छ ।

आर्थिक वर्ष २०७७र०७८ को कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमा जेठ मसान्तसम्म नौ अर्ब सात करोड ९२ लाख खर्च भएको थियो ।असार महिनाको २५ गतेसम्म १६ अर्ब ८२ करोड ७९ लाख खर्च भएको छ । सरकारले चालु बजेटतर्फ ४९ दशमलव २५ र पुँजीगततर्फ ५० दशमलव ३४ प्रतिशत खर्च गरेको छ ।

कोरोना महामारी हुनु, कार्यान्वयन संयन्त्रको तुलनामा बजेटको आकार ठूलो हुनु, तयारीविनाका आयोजनालाई बजेट दिइनु, समयमै बजेटको बाँडफाँट नहुनुलगायतका कारण बजेट खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।