☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

गायक रेशम वलीको रिमझीमे झरी बजारमा (भिडियो सहित)
  |

लोकेन्द्र जिसी कुमार दैलेख। नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्यो समयमा बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्बजनिक हुने क्रम जारी छ । यसैक्रममा गायक तथा सर्जक रेशम वलीको तिज गीत रिमझिमे झरी बजारमा आएको छ।बराहताल मुभि हाउस बाट भखरै मात्र बजारमा आएको तिज गीतमा शब्द सिर्जना रेशम वलीले गरेका हुन् भने लय कबिराज गीरी र रेशम वलीको रहेको छ।


नेपाली मौलिकता बोकेको तीज गीतमा चर्तित गायिका टिका पुनको साथमा सुनिता बुढा क्षेत्रिको पनि यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ ।चन्द्र मन्दिरले निर्देशन गरेका गीतको म्युजिक भिडियोमा लक्ष्मी गिरी, ममता खड्लुक र कबीराज गीरीलाई अभिनयमा देख्न सकिन्छ। भिडियो सम्पादन अंकित खाण ठकुरी गरेका हुने भने म्युजिक भिडियो छायांकन अर्जुन सापकोटाले गरेका छन्।

प्रकाशित मितिः शुक्रबार, साउन ८, २०७८     12:01:57 PM