☰ open Loading... 19 April 2024|  

एनआरएनए मलेसियाको उपाध्यक्षमा सापकोटा निर्बिरोध
  | ७ श्रावण २०७८, बिहीबार ०६:१५

दिनेश खड्का’खप्तडी’।मलेसिया।गैर आवासिय नेपाली संघ (राष्ट्रिय समन्वय परिषद) मलेसियाको प्रथम उपाध्यक्षमा हेमराज सापकोटा निर्बिरोध निर्वाचित भएका छन् । पर्वत फलेबास नगरपालिका ४ मा जन्मिएका सापकोटा बिगत लामो समय देखी प्रवासि नेपालीको रुपम मलेसिया बस्दै आएका छन । एनआरएनए निबर्तमान महासचिव समेत रहेका सापकोटा जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक संकलनका लागि मलेसियामा थालिने अभियानहरुमा सक्रिय भूमिका खेल्दै आएका छन्। हाम्रो सम्बादमा उनले भने मलेसियामा पुग्ने कामदारहरुमा देखिने समस्या समाधान गर्ने, अलपत्र रहेका कामदारहरुलाई स्वदेश फिर्ताको लागि पहल गर्ने, भैपरी आउने आपतविपतमा सहयोग गर्ने जस्ता कार्यहरुलाई समेत आफूले प्राथमिकतामा राखेर काम गर्ने बताउँदै सामाजिक सेवाको क्षेत्रलाई समेत संगसंगै अगाडि बढाउने उनले प्रतिबद्धता जनाएका छन् । नेचहर्ब्स ईन्टरनेसनल प्रा.लिको धौलागिरी स्टारका रुपमा प्रचारित हुदै, देश तथा बिदेशमा समन्वय गर्दै आएका सापकोटा (२०२१-२३)कार्यकालको लागि बिनोद बहादुर थापा अध्यक्ष रहेको (एनआरएनए) मलेसियाको प्रथम उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन । अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यको लागि सहमतिको प्रयास भैरहेको छ ।