☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

उकृष्ट किसानलाई सम्मान
  |

 

 

यामराज बिष्ट देलेख। उत्कृष्ट काम गर्ने १६ जना किसानहरु सम्मानित भएका छन् । कृतिदेवल बहुउदेश्य कृषि सहकारी संस्था र किसान २परियोजनाको साझेदारीमा महाबु गाँउपालिका वडानं १ ,२ र नारायणनगरपालिका वडानंः २ का ३२समुहका उत्कृष्ट तरकारी खेति गर्ने १६ जना कृषकलाई सम्मान गरेको हो । व्यावसायिक रुपमा तरकारी खेति गर्ने उकृष्ट कृषक सम्मानित भएका हुन्। १६जना किसानलाई प्रमाण पत्र र कृषि सामाग्री सहित सम्मान गरिएको थियो ।

परियोजनाको उदेश्य माथि प्रष्ट पार्दै यरिया सयोजक रामभत्त न्यौपानेले कृषकहरूले अब नयाँ प्रबिधि बाट तरकारी खेति गर्नुपर्ने बताए । 
सम्मान कार्यक्रममा नारायण नगरपालिका वडानं२ वडाअध्यक्ष रेशम थापालेआफु शिक्षक बन्ने मलाई समय र परिस्थितिले राजनीतिमा ल्यायो। “म निकै मिहेनत गर्थे सरकारी जागिर खाएँ, तर न सफलता मिल्यो न खुसी मिल्यो,उत्कृष्ट कृषक पुरस्कार पाएपछि आफुले खुसी पोखे,‘म माटोमा रमाएँ। तरकारी खेतीले सफलता पनि दियो र खुसी पनि दियो।’आफु जहाँ भए पनि कृषि क्षेत्रलाई अगाडी बढाउने कृषकलाई तपाईले आउदाँ दिनमा पनि मेहेनत गर्नुभयो भने सफल भईने वडाअध्यक्ष थापाले बताए।

 

यस्तै उत्कृष्ट कृषकलाई सम्मान गर्दै नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले समूहका आवद्ध किसानहरुले आफ्नो उत्पादन बृद्धि गर्ने विश्वास व्यक्त गरे ।व्यावसायिकरुपमा तरकारी खेती गरेका पौरखी फरकफरक पृष्ठभूमि र विधाका किसान हुन्। वैदेशिक रोजगारीबाट फर्केर खेतीकिसानी गरेका थुप्रै छन्।तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान उनले आग्रह गरे । तालिम सिकेर मात्र होइन यस लाई व्यवासायिक तर्फ लैजानु पर्ने कुरामा खड्का जोड दिए । नगरपालिकाले एक वडा एक उत्पादनको नीति लिएर कृषिलाई पहिलो प्राथमिकता दिएको थियो बताए । आफु सक्ने सहयोग गर्ने नगरप्रमुख खड्काले बताए ।

तरकारीखेति माध्यमबाट रोजगारी सिर्जना गर्ने र कृषिबाट क्षेत्रलाई आत्मनिर्भर बनाउन योगदान गरेको भन्दै उनीहरु सम्मानितभएको कृतिदेवल बहुउदेश्य कृषि संहकारी संस्थाका अध्यक्ष दिपक कुमार थापाले बताए ।पुरस्कार वितरणपछि कृषिलाई व्यावसायिक बनाउन सबैखाले सेवा–टेवा प्रदान गर्ने संस्थाका अध्यक्ष थापाले बताए ।कार्यक्रममा नारायण नगरपालिका  कृषि शाखाका प्रमुख खेमराज शर्मा कृषि विकाश कार्यालयका बालि संरक्षण  अधिकृत राम बहादुर थापा लगायतको सहभागिता भएको थियो।साथै परियोजना लाई सहकारी संस्थाले सम्मान कदर पत्र दियको छ।कृतिदेवल बहुउदेश्य कृषि सहकारी संस्था र किसान २परियोजनाको साझेदारीमा महाबु गाँउपालिका वडानं १ ,२ र नारायणनगरपालिका२मा बिगत१ बर्ष यता ३२ वटा समूहमा गरि ८०० घरधुरिमा काम गरेको छ ।

प्रकाशित मितिः आइतवार, साउन १०, २०७८     7:48:09 AM