☰ open Loading... 19 April 2024|  

सूर्यविनायकको जङ्गलमा भेटियो मानव कङ्काल
  | ९ श्रावण २०७८, शनिबार ०६:२६

भक्तपुर । भक्तपुरको सुर्यविनायक न.पा. वडा नं. ७ गुण्डु स्थित सुर्यविनायक जंगलमा रहेको काफलको रुखमुनि मानव शरिरको जस्तो देखिने कंकाल हड्डी फेला परेको छ ।

काफलको रुखको कापमा पहेलो नाम्लो सहित हरियो नाइनलको डोरी झुण्डि रहेको सोही रुखको तल भुईमा मानवको जस्तो देखिने २ वटा लामो हड्डीहरु रहेको, रातो रंगको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरु इत्रतत्र छरिएर रहेको जगाती प्रहरीले जनाएको छ ।

घट्नाको मुचुल्का गरी उक्त कंकाल, हड्डीहरु संकलन गरी परीक्षणको लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको र घट्नाको थप अनुसन्धान कार्य भई रहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

रातो रंगको म्याजिक चप्पल अन्दाजी ७,८ नम्वरको, आडिदास लेखेको कालो ट्राउजर, कालो हुक र हाप बाहुला भएको सेतो टिर्सट भेटिएको हुनाले यस्तो प्रकारको कपडा लगाएको मानिस हराएको भएमा प्रहरीलाई सम्पर्क गर्न महानगरीय प्रहरी परिसर भक्तपुरले अनुरोध गरेको छ ।

सम्पर्कको लागि महानगरिय प्रहरी परिसर भक्तपुर डिएसपी दिपक गिरी सम्पर्क नं. ९८५१११४८२१ र महानगरिय प्रहरी परिसर जागातीको डिएसपी राजेश थापा संम्पर्क नं. ९८५१२८८६३३ मा सम्पर्क राख्न अनुरोध गरिएको छ ।