☰ open Loading... 18 April 2024|  

गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रिजाल
  | १० श्रावण २०७८, आईतवार १७:५९

काठमाडौँ । गृह मन्त्रालयका केही सहसचिवहरूको महाशाखा परिवर्तन भएको छ ।मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा सहसचिव गोविन्द रिजाल आएका छन् भने उक्त महाशाखाका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् ।

रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिन्छिन् । जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेको रिजाल लामो समय जिल्लामा बस्ने प्रजिअका रुपमासमेत चिनिन्छन् । उपत्यका छोड्नै नचाहने र गई हाले पनि आउनै मरिहत्ते गर्ने निजामती प्रशासनमा रिजाल त्यस्ता सहसचिव हुन् जो कैलाली र दाङ बस्दा बिरलै जिल्ला छोडे होलान् ।

त्यसैगरी मन्त्रालयका प्रवक्ता पनि फेरिएका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका सह सचिव फणीन्द्रमणि पोखरेल मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्तामा आएका छन् भने हालका प्रवक्ता जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ ।