☰ open Loading... 19 April 2024|  

बाँकेमा कालिज पाल्न सुरु, प्रतिकेजी ३५ सय रुपैयाँ
  | १० श्रावण २०७८, आईतवार १८:२३

बाँकेमा कालिज पाल्न सुरु, प्रतिकेजी ३५ सय रुपैयाँ

काठमाडौं,  । पश्चिम तराईको बाँकेस्थित खजुरामा पहिलोपटक कालिज पालन शुरु भएको छ ।

१४ लाख रुपैयाँमा चल्ला खरिद गरी ३५ लाख रुपैयाँको फार्म निर्माण गरेर कालिज पालन शुरु गरिएको हो । खजुरा गाउँपालिका वडा न.४ का दीपक पौडेल गत चैत्र ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरेर व्यवसायीक कालिज पालनमा लाग्नुभएको हो । उहाँसँग यतिबेला १ हजार कालिज छन् ।

फार्मका कालिज आउँदो दशैँसम्ममा तयार भइसक्ने पौडेलल बताउनुहुन्छ । अष्ट्रेलियाबाट अण्डा मगाएर आफैँले ह्याचरिड गरी चल्ला निकालेको पौडेलले बताउनुभयो । साथै व्यवसायी पौडेलले खान लायक भएका कालिजलाई ३५ सय रुपैयाँमा बिक्री हुने बताउनुभयो ।

केही भाले र पोथी कालिज चल्ला बनाउनका लागि राख्ने र अरु बिक्री गर्ने योजना रहेको पनि व्यवसायी पौडेलले सुनाउनुभयो । करिब ५० लाख लागतमा कालिज पालनमा लाग्नुभएका पौडेल बाँकेमा कालीज पालन गर्न तापक्रम नै ठूलो चुनौती भएको बताउनुहुन्छ । २५ डिग्री सेल्सीयसमा कालिज पाल्न चुनौति नभएपनि त्यो भन्दा माथि ठूलो चुनौति रहेको पौडेलले बताउनुभयो ।

यही चुनौतिलाई मध्यनजर गर्दै बाँकेको तापक्रमसँग मिल्ने गरेर अण्डा त्यहीँ मगाएर ह्याचरी गरेको कालिज पालक पौडेलले बताउनुभयो । कालिज पालनको लागि विभिन्न ठाउँबाट अहिले चल्लाको अत्यधिक माग आइरहेको पनि पौडेलले बताउनुभयो ।