☰ open Loading... 16 February 2025|  

कर्णाली नदीमा गाडी खस्यो, दुई जना बेपत्ता
  | १५ श्रावण २०७८, शुक्रबार १५:४३

कर्णालीमा गाडी खस्दा कैलालीमा दुई जना बेपत्ता भएका छन्।लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित पिचमारीनजिक एक गाडी सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।गाडी डुबेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

उनका अनुसार तीन जना बच्चा बाटोमा खसेर घाइते अवस्थामा फेला परेका छन्। उनीहरूको लालरत्न अस्पताल लम्कीमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको छ।

दुई जना गम्भीर घाइते छन् भने एक जना बोल्न सक्ने अवस्थाामा रहेको इन्स्पेक्टर पन्तले बताए।एक जना बच्चाका अनुसार बुबा आमा पनि सँगै थिए। बुबाले गाडी चलाएका थिए। उनीहरू नदीमा डुबेकी भन्ने आशंका छ,’ उनले भने।घाइते र बेपत्ताको नामठेगाना खुलेको छैन। कुन प्रकारको गाडी हो र सो गाडीको नम्बर र दुर्घटनाको कारण पनि खुलेको छैन।