☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

महरुपी भाषण र कमिसनरुपी आशन
  |

 

 

चिल्ला चिल्ला भाषणछरी
समाज सजाउनु छ ।
महरुपी विउ छरी
गाला बजाउनु छ ।
झोले झाम्टे उत्पादनगरी
जनता गरीब व्यक्ति धनी
कमिसन सजाउनु छ ।
हो हजुर जाति विधीले काम नलाग्ने भएको मेरो राष्ट्रमा महरुपी भाषण र कमिसनरुपी आशनले जरो गाडदा २००७ साल देखी हाल सम्म परिवर्तन त धेरै भए राणा हट्यो प्रजातन्त्र आयो आठ राजनितिक दलको किचलोले राजा महेन्द्रले प्रजातन्त्रको मुना उखेली निरंकुष पञ्चायती व्यवस्थाको थालनी भयो २०२८ सालमा राजा महेन्द्रको देहावशान पश्चात राजा विरेन्द्र राजा भए र नयाँ शिक्षा प्रणालीको थालनी गरी सुधारीएको दल सम्वन्धी ३६ सालमा जनमत संग्रहको लागि चुनाव हुँदा प्रधानमन्त्री सुर्य बहादुर थापाले वन जंगल विनास पारी कर्मचारीको क.सं. कोषको रकम समेत लगानी गरी पंचायति व्यवस्था जिताउन सफल भए ।

विभिन्न राजनितिक दलहरु भुमिगत रही प्रजातन्त्रको लागि भनेर जिवन धरापमा राखी लडी रहे ४६ सालमा लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा प्रजातन्त्रको खुला आन्दोलन द्वारा राजा समेतको प्रजातन्त्र लागु भयो संविधान निर्माणको लागि ६ महिनाको अवधी तोकी प्रधानमन्त्री कृष्ण बहादुर भट्टराई हुनु भयो र उहाँले समयावधि भित्र नै संविधान निर्माण गरी प्रजातन्त्रको थालनी गर्नु भयो र चुनावी सरकारको नेतृत्व गिरीजा प्रसाद कोईरालाले गर्नुभयो । जस्मा गृहमन्त्री हालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा हुनु हुन्थ्यो त्यो प्रजातन्त्र आठवर्ष पनि नटिक्दै मसाल पार्टी हुदै माओवादी खडा भई २०५२ बाट जन आन्दोलनको रुप लिई माओबादी जन आन्दोलन भई सींगो देशका जनता आन्दोलनमा दुःख पाए जहाँकी चन्दा आतंक, बैंक लुटपाट देखी चोरी हत्या, हिंसा, बलात्कारको शिकार जनता हुन पुगि सत्रौं हजार जनताले शहादत प्राप्त गरे र बाह्रबँुदे दिल्ली सम्झौता हुदै शान्ती शुसासन हुन माओबादी खुला राजनितिमा आए र संविधान सभाको निर्वाचन घोषणा भयो र दशवर्ष सम्म राजनितिक अराजकताका कारण संविधान सभाको निर्वाचन हुन नसक्दा ब्युरोकेसीबाट सर्बोच्च अदालतका नि.वर्तमान प्रधानन्यायधिस ज्यूबाट जो कार्यकारी अध्यक्ष प्रधानमन्त्री हुनु भयो खिलराज रेग्मी ज्यू उहाँबाट नै संविधान सभा निर्वाचन भई प्रधानमन्त्री शुशिल कोईराला ज्यू हुनुभयो र २०७२ सालमा संविधान जारी गर्नु भयो र गणतन्त्र लागु हुन गयो ।

यो देशमा परिवर्तन जति भए पनि जनताले २००७ साल देखि के पाए त ? पाए महंगाई, पाए हत्या हिंसा, वलात्कार, अशिक्षा, विदेशिन पाए आखिर राजनैतिक परिवर्तन व्यवस्था परिवर्तनले मात्र समाज रुपान्तरण हुदैन रहेछ भन्ने कुरा समाजमा अनुभव हुँदै जवसम्म प्रवृति र आनी बानीको परिवर्तनले फडको मार्दैन तव सम्म देशले विकास र निकाशमा फडको मार्न सक्दैन लिखित संविधानका दस्तावेजले जनतामा सुःख शान्ती र सामाजिक प्रतिष्ठा कायम हुँदैन रहेछ भन्ने पनि गणतन्त्र आउदा समाजले भोगि राखेका हत्या हिंसा बलात्कार, अराजकताले पुष्टी भई सक्यो कि जती व्यवस्था फेरे पनि जति परिवर्तन आए पनि सामाजिक रुपान्तरणको लागि त अशल शिक्षा, अशल स्वास्थ्य मुलो असल कृषि प्रणाली र अशल जल श्रोतको निति नैतिकता, आचार विचार, संस्कार र प्रवृती विकशित हुन नितान्त आवश्यकिय रहेछ भन्ने कुरा यि पार्टीले ल्याए गणतन्त्र र हामि महान हौ नभने हुन्छ । किनत भन्दा जनताले नचाहेको धर्म निरपेक्षता, जनताले नचाहेको संघीयता जनतामा लागु हुँदा जनता गरीब राष्ट्र गरीब र व्यक्ति धनी हुने प्रणाली हावी रहँदा देश भिखारीको स्थितिमा पुग्न गएकोछ । यति सानो राष्ट्रमा संघीयता, राजनैतिक झोले झाम्टेको भर्तिकेन्द्र बन्दै आएको यहाँ जनता महशुस गरी राखेकाछन । किनत भन्दा एउटा राजा महंगो भयो भनेर जनताले फाले तर यहाँत सातसय त्रिपन्न निकायका हात्तीछाप राजा अनी प्रदेशका राजा, केन्द्रका सुन छाप राजा लाई तलब भत्ता खाजा खर्च, गाडी खर्च, सुत्केरी भत्ता जनताले बुझाउँदा तलवी खर्च मात्र धान्न जनतालाई प्रत्येक चिजमा चौगुना कर तिर्दा बाह्रवा सताब्दीमा ढिकी जातो गर्ने जनता एक्काइसौं सताब्दीमा आई पुग्दा पनि एगारवा शाताब्दीमा फर्केको महशुष भै सक्यो । अनी विकास कोष कहाँ बाट ल्याउने ? विकास त नेपालमा दिल्ली बहुत दुर है वाली वाते है ।

साधारण खर्च नै धान्न नसक्ने गणतन्त्रले कहाँ बाट विकास गर्न सम्भव छ र ? अर्को कुरा गणतन्त्र भनेको जनतालाई गरीब बनाई नेताहरुले राज गर्ने थलोको रुपमा सावित हुन गई रहेको छ । शिक्षितवर्ग जनताका छोरा छोरी बेरोजगारीको शिकार भई विदेश पलायन हुन वाध्य छन् । तर सडकछाप र ल्याप्चेछाप योग्यता क्षमता, दक्षता नभएका स्थानिय तह देखी केन्द्र तहका नेताका छोरा छोरी थाङने तह बाट तिनै वर्ष गणतन्त्रमा चिल्ला मोटर कार पेट्रोल पम्प देखि महंगा महंगा व्यापारीक, शैक्षिक स्कुल, महंगोमा विदेशमा समेत पढी राखेका छन् । के यो गणतन्त्रले समाज उभो लगाउद छ त ? अवश्य विकास गर्दछत जनताले यसको लेखाजोखा गर्दैछन यसैले महरुपी भाषण र कमिसन रुपी आशनले देश विकसित हुनै सक्दैन । राष्ट्र बलियो हुनै सक्दैन । बरु व्यक्ती र व्यक्तीका झोले झाम्टे मांसु भात खालान पेट पाल्लान तर राष्ट्रको ढुकुटी र राष्ट्र बलियो कलिल्यै हुन सक्दैन । नाता गोता बलिया होलान गरीब बलियो हुदैन । संजाल बलियो होला विकास होईन ।

मैले मेरो प्रत्येक लेखमा लेख्ने गरको छु यहाँ ९५ प्रतिशत मानिस फटाहा, जाली, जन्जाली र कमिसन खोर छन् ५ प्रतिशत मानिस सोझा साझा छन् जस्मा २.५ प्रतिशत मानिस खान नपाई रोग भोक, सोक ग्रस्तछन् । जस्मा २.५ प्रतिशत मानिस मध्य वर्गिय छन् उनै मानवले धर्म सनातन इज्जत र मान प्रतिस्टा थामि दिनु परेको छ अरुत माफिया, भूमाफिया, दलाल, गुण्डा, चोर, छिनार, उनचोर देखि सुन चोर सम्मको कित्तामा छन । यिनै देश चलाउनेहरुका झोले झाम्टेहरुले कमिसन खोर भई देश टाट पल्टाएका सामाचार हामी दिनानुदिन सुनी राखेकाछौँ । जब सम्म जनताले यस्ता तह तप्काबाट मांसु भात खाई पार्टीका भेस्ट लगाई नेता चुन्ने प्रणालीको अन्त हुँदैन तब सम्म जनता कंगाल, राष्ट्र कंगाल व्यक्ति धनी समाज कंगाल भई नै रहन्छ । त्यसैले समाजमा जति नै व्यवस्था फेरिए पनि जति नै परिवर्तन आए पनि समाज रुपान्तरण भएको कदापी मानिने छैन् । यदि साँच्चीकै समाज रुपान्तरणमा लाग्ने हो भने एक नम्बरमा संजालमा हुने कमिसनको खेल हट्नु प¥यो । कस्तोत भन्दा उही टिचर छ उही पत्रकार छ, उही राजनैतिक कार्यकर्ता छ, उही व्यापारी छ, उही उपभोक्ता समितिको सदस्य छ । यस्तै उही राजनेता छ, उही राजनेताका आउरेवाउरे समुहमा छन, समितिमा छन, ठेकेदार छन, स्वकिय सचिव छन, सचिवछन, पि.ए. छन, आफ्नो–आफ्नो संजाल छ, टुक्रे करौडौ योजना छन, विकास र रसातल, व्यक्ति माला–मालले देश डुवी कंगाल गरीब डुबी छिरशागर नेता उम्की इन्द्राँशन विकास डुवी समसानको अवस्था नेपालमा छ । यो अवस्था को अन्तेस्टीका लागि समाज रुपान्तरणको अभियान थाल्न नितान्त आवश्यक भई सकेको छ ।

यस्मा जातिय, क्षेत्रिय, वर्गिय व्यक्तिबाद, नाताबाद, कृपावाद र अपराधीक गती विधीबाट उन्मुक्ती पाउन जनता एक जुट हुने बेला आएको छ । हर ठाँउमा कमिसन खोर विचौलियाहरुको उनमुक्ति हुने होइन भने गरीब जनता घोषीत अघोषीत हलिया, कमैया, दासनै हुन त्यसैले महरुपी भाषण र कमिसन रुपी आशनको दाह संस्कार जब सम्म हुन सक्दैन तब सम्म देश को विकास शिक्षाको विकास, स्वरोजगारीको थालनी अवश्य मेव संभव भागि छैन र राष्ट्र राष्ट्रीयता र विकासले अग्रपंक्तिमा फटको मार्न सक्दैन । यो देशका झोले झाम्टे कमिसन खोरले गर्दा युवा, युवती, वृद्धवृद्धाको रुवाबासी चलिरहको छ । कतिका घर खेत गरी विदेशिन पुगेका छन, कतिका स्वास्नी पोइल गई वित्तोवास भएको छ । देशमा विकास र निकासको निति छैन व्यक्ति बादी प्रथाको राजनितिक फोहरी खेलले देश डुवानमा परेको छ । दल, दलमा भासिएको छ । जनता नेपालको राजनिति फोहरी खेल प्रति वाक्क दिक्क भइसक्यो । एक झुण्ड नेता र तिनका अराजक झोले झाम्टेहरुको अराजक गति विधिको भाषणले सडक र सदन तताएका छन तर जनतामा नैरास्यताको बादल मडारीएको छ । निती, नैतिकता र संस्कार आचार विचारको लडाई को लागि खडेरी परेको अवस्था विद्यमान छ । जबसम्म झोले झाम्टे, गुण्डा, माफिया, दलाल, उनचोर देखी सुनचोर सम्म र विचौलियाको राजनितिले पशर्य पाईराख्दछ तब सम्म देश र जनताको विकासमा धमिरा लागि नै रहन्छ । त्यसैले कृषी क्रान्ती, अर्थ का्रन्ती, शैािक्षक क्रान्ती, औद्योगिक क्रान्ती गरी युवा स्वोजगारीको थालनी जबसम्म हुदैन तब सम्म समाज गरीब नेता टाठा बाँठा धनी, देश कंगाल, राष्ट्र निरिह, राष्ट्रियता शुन्य भयी देशको अधोगती भई नै रहन्छ त्यसैले छोरा छोरी विदेशिइदा, स्वास्नी पोईल, हत्या हिंसा, वलात्कारले आकास छोइ रहन्छ तब सम्म राजनितिक झोले झाम्टे, गुण्डा दलाल, विचौलिया, माफिया, तस्कर, चोर, सुनचोर उनचोरले बजार पाइ रहेको हुन्छ र जनता कहिल्यै उभो लाग्दैनन । जति जति जनता गरीब हुन्छन त्यति त्यति विचौलीया लाई मस्ती हुन्छ र कागजमा एक थान संविधान आए पनि सामाजिक रुपान्तरण हुदैन । समाज रोइ नै रहन्छ ।

गरीब धराशायी हुन्छन विचौलियाको राज चल्छ । त्यसैले गरीब वर्गको उत्थानको लागि सामाजिक रुपान्तरण अपरिहार्य रहेको छ र विचौलियाहरुलाई उर्जामा रोजगार धार्मिक पर्यटक, तिर्थ स्थललाई विश्व सम्पदामा ल्याई रोजगार खानी, जंगल, औषधी प्रशोधन, जडीबुटी प्रशोधनमा स्वरोजगार दिलाई स्थानिय तह सम्म विकेन्द्रीकरणको अवधारणा पुर्ण रुपेण लागु गरी पाल्नै नसक्ने स्टेट राज्यहरु हटाई पुजीगत खर्च साधारण खर्च कम लगानी गरी देश निर्माण, राज्य निर्माणमा लाग्ने हो भने देशले अवश्य मेव १० दश वर्षमा विकास निर्माणमा ठुलो फडको मार्नेछ र देश समवृद्धिको दिशा तर्फ लम्कीनेछ । यो अशल नितिको थालनी भएमा निति नैतिकता संस्कार संस्कृतिले योजना निर्माण भई स्वार्थपरक करौडौटुक्रे योजनाको अन्त हुने हो भने देश धनी जनता सुःखी राष्ट्र बलियो, समाज समुन्नत हुने दिशा तर्फ उन्मुख हुन्छ र नेपाली जन जिवन तपोभूमीका अच्छा÷खासा साधु रहनेछन भन्दै म लेखक समेतका जनता विटमार्दछौ – ॐ परोपकारय पुण्यायः पापाय परिपिडनम्ः जननी जन्म भूमिश्च स्वर्गाद्विप गरीयसी

लेखक – रण बहादुर ऐरी
निवर्तमान कार्यालय प्रमुख
खा. व्य. तथा व्या. क.ली. शाखा दैलेख
हाल कृष्णपुर न.पा.÷भिमदत्त न.पा. महेन्द्रनगर कञ्चनपुर

प्रकाशित मितिः शनिबार, साउन ३०, २०७८     11:47:12 AM