☰ open Loading... 18 January 2025|  

भूमि आयोग पुन:स्थापनाको माग गर्दै ज्ञापनपत्र
  | ३२ श्रावण २०७८, सोमबार २०:०९

दैलेख- विघटित भूमि सम्वन्धी समस्या समाधान आयोग पुनर्स्थापनाको माग राख्दै अखिल नेपाल किसान महासंघ दैलेखले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ ।
प्रमुख विपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन किसान महासंघले जिल्ला सदरमुकाम आसपासका स्थानीय भूमिहीनहरु सहित जुलुसले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई भेटेर उहाँ मार्फत सो ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्रसंगै विभिन्न पालिकाबाट भूमि सम्वन्धी समस्या समाधान आयोग पुनर्स्थापनाको माग राखी बुझाइएका हस्ताक्षेरका पोका समेत ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले आफूले ज्ञापनपत्र तत्काल पठाउने बचन दिंदै सरकारको ध्यानाकर्षण हुने विश्वास व्यक्त गरे ।
भूमि सम्वन्धी समस्या समाधान आयोगका निवर्तमान जिल्ला अध्यक्ष सूर्यबहादुर शाही, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य नविन योगी र भूमिहीनहरुका तर्फबाट रामसरा बादीले भूमिहीनहरुका लागि जग्गाको महत्व र भूमि आयोग पुनर्स्थापनाको औचित्य विषयमा प्रकाश पारेका थिए ।