☰ open Loading... 19 April 2024|  

भारतीय दूतावासमा तालिबानको प्रवेश, गाडी र कागजात जफत
  | ५ भाद्र २०७८, शनिबार ०५:४३

एजेन्सी । अफगानिस्तानमा रहेको भारतीय दूतावासमा तालिबान लडाकुहरू प्रवेश गरी खानतलासी गरेका छन् ।अफगानिस्तानको कान्दहार र हेरात शहरस्थित दुई भारतीय वाणिज्य दूतावास भित्र तालिबानीहरू ताल्चा तोडेर भित्र प्रवेश गरी र खोज–तलासी गर्नुका साथै तोड्फोड समेत भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

तालिबानीहरूले त्यहाँ रहेका गाडीसहित महत्वपूर्ण कागजातहरू साथमा लगेको बुझिएको छ । तालिबानले भारतसँगको व्यापार ठप्प पारेर चीनसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।तालिबानीको पछिल्लो कदमपछी अफगानिस्तानमा रहेको भारतीय दूतावासहरू बन्द गरिएका छन् ।