☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

तरकारी खेतीबाट मनग्य आम्दानी
  |

सल्यान- सल्यानको कुमाख गाउँपालिका–३ सेरीपाटाका लक्ष्मण बुढा मगरले शारदा नगरपालिका –१५ सिमलतारामा १५ रोपनी जग्गा भाडामा लिएर विगत एक वर्षदेखि तरकारी खेती गर्दै आइरहेका छन्।वार्षिक एक रोपनीको ९ हजारका दरले भाडा दिने गरी जमिन लिजमा लगेको उनको भनाइ छ। गाउँमा तरकारी खेती गरे पनि बजार नजिक नहुँदा शारदा नगरपालिका आई लिजमा जमिन लगेर तरकारी खेती गरी रहेको उनको भनाइ छ। उनले भने ‘जमिनको भाडा र अन्य खर्च कटाएर वार्षिक ३ लाख ५० हजारसम्म आम्दानी हुँदै आइरहेको छ। ’ यो वर्षदेखि डिभिजन वन कार्यालयसँग समन्वय गरेर जडीबुटीको नर्सरी पनि राखेको उनको भनाइ छ।

मौसमीभन्दा बेमौसमी तरकारीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ। २० वर्षीय बुढा मगरले विदेश गएर रगत र पसिना बगाउनुभन्दा स्वदेशमै सानो कामबाट राम्रो आम्दानी गर्न सकिने बताए।यस्तै शारदा नगरपालिका – ६ बरलाका प्रदीप वलीले पनि तरकारी खेतीबाट ।वार्षिक ४ लाखभन्दा बढी आम्दानी गर्दै आइरहेका छन्। तीन वर्ष खाडी मुलुक बिताएका वलीले विदेशको जति श्रम नेपालमा गर्ने हो भने विदेशको भन्दा नेपालमा धेरै आम्दानी गर्न सकिने बताए।

प्रकाशित मितिः आइतवार, भदौ ६, २०७८     5:37:26 AM