☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

नगरपालिकाले बनाएको टर्नेल किसानले भत्काए
  |

 

दैलेख– आठविस नगरपालिका दैलेखले कृषिमा गरेको लगानी खेर गएको छ । हचुवाको भरमा कृषि समुहमा लगानी गर्दा लाखौं रकम कृर्षि उत्पादन विना सकिएको हो ।
नगरपालिकाले वडा नम्वर ३ मा रहेको साईगाउँमा कर्णाली कृषि समुहलाई तरकारी उत्पादनमा सहयोग गर्न दिएको रकम टर्नेल नबन्दै भत्काईएको छ । समुहमा आवद्ध २९ जना किसानले सामुहिक तरकारी खेती गर्नका लागि ३ वटा टर्नेल बनाएका थिए । टर्नेलमा खर्च भएको रकम पुरा भुक्तानी नभएको भन्दै किसानहरुले टर्नेल भत्काएका हुन् । अहिले टर्नेलका डन्डा मात्रै खेतमा बाँकी छ । भनेजति भुक्तानी नपाएको भन्दै किसानहरुले टर्नेल भत्काएको आठविस नगरपालिकाका कृषि शाखा प्रमुख रमेश थापाले बताए । ‘टर्नेलमा खर्च भएको रकम ६ लाख ६८ हजार भुक्तानी दियौं ।’ कृषि शाखा प्रमुख थापाले भने, विउँ, खन, जोत किसानहरुकै हुने हुँदा त्यो रकम दिन नसक्दा टर्नेल नै उहाँहरुले भत्काउँनु भयो ।’
त्यस्तै कर्णाली कृषि समुहका अध्यक्ष मिमबहादुर शाहीले धान, गहुँ र मकै र ज्यालादारीको हिसाव नगरपालिकाले नगरेकाले आफुहरुले टर्नेल नै उक्काएको बताए । ‘खेतमा बाँकी रहेको डन्डा समेत अव उखालिने छ ।’ अध्यक्ष शाहीले भने, नगरपालिकाले टर्नेल बाहेक खर्च भएको अन्य रकम दिन मानेन् त्यस्तैले सामुहिक रुपमा टर्नेल भत्काएको हो ।’
गत वर्ष पनि सहकारी र कृषि समुह गठन गर्न लगाएर आठविस नगरपालिकाले दिएको धन्नै ३ करोड रकमबाट कृषि तथा पशु बाँडेका तरकारी फम तथा पशु पालन देखीदैन् । स्थानीयका अनुसार कार्यकर्तामुखी बजेट हुँदा सदुप्रयोग नभएको बताईन्छ ।

प्रकाशित मितिः आइतवार, भदौ ६, २०७८     5:44:12 PM